भदौ २५- शाहरूख खानसँग मिलेर बनाएको ‘जिरो’ वक्सअफिसमा पछारिएपछि निर्देशक आनन्द एल रायले आफ्नो सुपरहिट सिनेमा ‘रांझणा’को सिक्वल बनाउँदैछन्।

उनको यस सिनेमामा धनुष र सारा अलि खानको जोडी बाँधिएको छ।

धनुषले यस अघि ‘रांझणा’मा पनि मुख्य भूमिकामा काम गरिसकेका छन्। सो सिनेमामा उनले सोनम कपुरसँग काम गरेका थिए। हाल सिनेमाको प्रि-प्रोडक्सनको काम चलिरहेको छ।

सिनेमा डिसेम्बर वा आगामी वर्षको जनवरीबाट फ्लोरमा जाने बताइएको छ।

यस्तै यसअघि सिनेमामा सारा र धनुषसँगै ऋतिक रोशन पनि प्रमुख भूमिकामा हुने चर्चा चलेको थियो तर उनी सिनेमामा छन् या छैनन् भन्ने बारेमा भने हालसम्म केहि खुलेको छैन।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।