युरो कप छनौट खेलअन्तर्गत फ्रान्सले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा विश्व विजेता फ्रान्सले एन्डोर्राविरुद्ध ३–० गोल अन्तरको सहज जित दर्ता गरेको हो ।

आफ्नै मैदानमा भएको उक्त खेलमा फ्रान्सलाई जिताउन किंग्स्ले कोमान, क्लिमेन्ट लेंगेट र विसम बेन वेड्डरले समान एक–एक गोल गरे । फ्रान्सले खेलको १८औं कोमानको गोलमा सुरुआती अग्रता बनाएको थियो । उनको गोलमा फ्रान्सले पहिलो हाफभरि १–० गोलको अग्रता जमायो । यस्तै खेलको ५२औं मिनेटमा लेंगेटले गोल गर्दै फ्रान्सलाई २–० गोलको अग्रता दिलाए ।

खेलको इन्जुरी समयमा बेन वेड्डरले गोल गर्दै फ्रान्सलाई ३–० गोलको जित दिलाए । यस जितसँगै समूह ‘एच’को शीर्ष स्थानको टोली फ्रान्सले १५ अंक बनाएको छ । यता, पराजित टोली एन्डोर्रा भने सो समूहको पुछारमा छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।