हेटौंडा २५ भदौ,मकवानपुर प्रहरीले मकवानपुरमा विभिन्न समयमा विभिन्न स्थानबाट बरामद गरेको लागुऔषध गाँजा ३ सय ९२ किलो ८५५ ग्राम नष्ट गरेको छ ।

प्रहरीले आज मकवानपुरको भिमफेदी गाउँपालिका १ सानटार र हेटौंडा १ को संगम स्थल केसडी खोलाको किनारमा लागुऔषध जलाएर नष्ट गरेको हो ।

प्रहरीले नष्ट गरेको लागुऔषधमा नाईट्रोभेट ६ सय ५६ ट्याब्लेट, फेनारगन ४१ एम्पुल, ब्युप्रोनोर्फिन ४१ एम्पुल, डाईजेल्याब ४२ एम्पुल र वाईनक्लिक्स ११ बोतल रहेको थियो ।

बरामद गरिएको लागुऔषध अदालतबाट अनुसन्धान तथा कारबाहीको प्रक्रिया पुरा भए पछि जलाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।