हेटौंडा २५ भदौ,मकवानपुरको भीमफेदी गाउँपालिकाले आफ्नो कार्यलय भवन निर्माण आज एक समारोह बिच शिलान्यास गरेको छ ।  गाउँपालिकाको भवनको शिलान्यास प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले गरेका हुन् ।

गाउँपालिकाको भवन रु पांच करोडमा निर्माण हुन लागेको ईन्जिनियर नविन यादबले बताए । कार्यक्रम भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाको सभापतित्व तथा प्रदेश नं. ३ मुख्य मन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल तथा उपप्रमुख भगवती पुडासैनी,गाउँपालिकाकी उपाध्यक्ष पार्र्वती राना,गाउँपालिकाका प्रमुख कार्यकारी जिवन कुवंर लगायत कर्मचारी ,स्थानिय राजनैतिक दल प्रमुख ,कार्यालय प्रमुख ,विद्यालय प्रमुख, संघ संस्था प्रमुख , सुरक्षा निकाय तथा स्थानियहरुको सहभागिता रहेको थियो ।

आर.एण्ड. सि र नेचुरल को संयुक्त निमार्ण व्यवसायी कम्पनीले निमार्ण गर्ने गाउँपालिकाका भवन आगामी वर्ष २०७७ अषाढ १३ गते सम्पन्न हुने बताइएको छ ।  उक्त भवन निमार्णमा जिल्ला समन्वय समितिले रु एक करोड अनुदान उपलब्ध गराएको छ ।


सुरेन्द्र राज थीके
सुरेन्द्र राज थीके
surendraraj@khabarbreak.com
भीमफेदी, खबरब्रेक संवाददाता