भदौ २५ – बुटवलको चौराहा अस्पतालले डेङ्गुका विरामीको निःशुल्क स्वास्थ्य परीक्षण र उपचार गर्न थालेको छ।

सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालले आजदेखि डेङ्गुको लक्षण देखिएका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण र उपचार सुरू गरेको जनाएको छ। अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले आर्थिक अभावका कारण कसैले पनि डेङ्गुको परीक्षण गर्न नसक्ने परिस्थिति नआओस् भन्ने उद्देश्यले निःशुल्क परीक्षण गरिएको बताए। अस्पतालका अध्यक्ष सुदन ज्ञवालीको समर्थनमा निशुल्क उपचार गरेका हुन । अस्पतालमा तीन सय ४० जनाले ज्वरो परीक्षण गराएकामा ३४ जनामा डेङ्गु भेटिएको अस्पतालका प्रबन्ध निर्देशक बिरु भण्डारीले बताए।

एउटा बिरामीको डेङ्गुको परीक्षण गरेबापत लाग्ने आकस्मिक कक्षको टिकट शुल्कसहित उपचार खर्च निःशुल्क गरिएको उनले बताए। अस्पतालले एक हजारसम्मको निःशुल्क परीक्षण गर्न पुग्ने गरी आवश्यक कीट व्यवस्थापन गरिसकेको जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।