दिप्सु सुवेदी
भदौ २५- ट्राफिक प्रहरीका अनुसार उपत्यकामा मात्र दैनिक करिब १२ लाख सवारी साधन गुड्छन् । जुन सडकको क्षमताभन्दा बढी हो । सडक फराकिलो बने पनि धेरै ठाउँमा जाम उस्तै छ । विकल्प के छ ? सुरुङमार्ग, अन्डरपास वा फ्लाइ ओभर ।

काठमाडौंको धेरै स्थानमा आकाशे पुल र कलंकीमा अन्डरपास पनि नबेको होइन तर जामको सास्ती उस्तै रहेको छ । यता जामलाई नै कम गर्न भन्दै अर्थमन्त्री युवराज खतिवडाले ०७६/७७ को बजेट भाषणक्रममा बढी जाम हुने तीनकुने–कोटेश्वर–जडीबुटी सुरुङमार्ग, नयाँ बानेश्वरमा अन्डरपास र त्रिपुरेश्वरदेखि माइतीघरसम्म फ्लाई ओभरको विस्तृत सम्भाव्यता अध्ययन गरी निर्माण थालिने बताए । तर के त्यसले जाम कम हुन्छ त ?

थानकोटमा बस्ने सन्दीप थापा १० बजे कलेज पुग्न एक घण्टा पहिले नै घरबाट निस्कने गरेका छन् । त्रिपुरेश्वर रहेको उनको कलेज घरबाट सामान्य रुपमा आउने हो भने ३० मिनेटमा नै आइपुगिन्छ । शनिबार केहि रुपमा सडक होलो हुन्छ तर त्यस दिन त्रिपुरेश्वरमा रहेको उनको कलेज बन्द हुन्छ । हप्ताको ६ दिन उनि कलेज आउनु पर्ने हुन्छ । तर जामले गर्दा उनि सधैं ढिलो कक्षा कोठामा पुग्ने गर्छन् । सन्दीप त एक उदाहारणको पात्र मात्रै हुन उनि जस्ता कैर्यौ विद्यार्थी कलंकी र कालिमाटीको जाममा बस्नु दैनिकी जस्तै बनेको छ ।

उनि मात्रै होइनन् उक्त रुट भएर दिनहुँ सार्वजनिक सवारी साधन चढ्ने यात्रुदेखि सावारी चालक, ट्रफिक र पसल संचालन गरेर बस्ने व्यवसायीहरु दिक्क बनिसकेका छन् । एक दिन होइन दुई दिन होइन सधैं जाम कारण समय नै भनेको ठाँउमा नपुग्दा यस क्षेत्रका बसेवास गर्नेहरुको जनजिवन नै डामाडोल बन्ने गरेको छ । दूरी चार किलोमिटर भए पनि उनिहरु एक घण्टा पहिले नै निस्कने गर्छन् । मोटरसाइकलमा चार किलोमिटर दूरीमा पुग्न १५-२० मिनेट लाग्ने भए पनि दैनिक हुने जामका कारण एक घण्टा पहिले नै यस क्षेत्रका यात्रुहरु घरबाट निस्कने गर्छन् ।

बृद्धा र सुत्केरीलाई सास्ती उस्तै 

उसै त यस रुटमा धेरै जाम त्यसमाथि सार्वजनिक सवारी साधन । पाउन नै मुस्किल । पाइहाले पनि आरक्षण सिट कता हो ? काँहा हो खोज्न नै समय लाग्ने । सामान्यतया सार्वजनिक सवारी साधनमा २ महिला सिट २ जेष्ट नागरिक सिट र एक अपांग सिटको व्यबस्था गरिएको हुन्छ । तर यस रुटमा रत्नपार्क–मच्छेगाउँ,रत्नपार्क–थानकोट, रत्नपार्क–नागढुङ्गा, मुलपानी–नागढुङ्गा र मातातिर्थ–गौशालाको रुट भएर सवारी साधन चल्ने गर्दछन् ।

साना सवारी साधन ९हाइस०मा कम मात्रामा आरक्षण सिटको व्यबस्था गरिएपनि ठूला सवारी साधन ९बस०मा ४ महिला सिट, २ जेष्ट नागरिक सिट, २ अपांगा सिट गरि ८ सिट आरक्षण सिटको रुपमा छ्ट्टाइएको हुन्छ । तर आफ्नो लागि भनेर तोकिएको सिट आफूले सजिलै नपाउने गरेको गुनासो गर्छिन मिना माझी । एक त सवारी साधनमा महिलाहरुलाई चढ्न नै गाह्रो एक त आफ्नै लागि भनेर तोकिएको सिटमा पनि बस्न पाइदैन उनि भन्छिन्, हाम्रो लागि तोकिएको महिला सिटमा त कलेजका १६–१७ बर्षका केटिहरु बसेका हुन्छन् । अब उठाम त म पनि महिला हो भन्लान । न उठाम हात खुटा नै दुख्ने गरि २५ मिनेटमा पुग्ने बाटोको लागि २ घण्टा लगाएर यात्रा गर्नुपर्छ । आखिर कसको लागि महिला सिट हो ? १६–१७ बर्षका युवतीको लागि की ४०–४५ का उमेर समूहका लागि हो ? उनि प्रश्न गछिन् ।

यता सवारी चालक पनि महिला सिट कसको लागि तोकिएको हो अनविज्ञ नै रहेको प्रकट गर्छ । ट्राफिकको डरले रातो कलमले लेखिएको आरक्षण सिट कतिदेखि कति उमेर समूहको महिलाको लागि हो भन्ने कुरामा सवारी चालकहरु नै जानकार नभएको देखिन्छ ।

यता महिलालाई मात्रै होइन जेष्ठ नागरिकलाई पनि सिट पाउन मुस्किल पर्ने गर्दछ । भर्खरका १६–१७ का नातिनातिनाका उमेर समूहका आफ्नो लागि तोकिएको सिटमा बस्दा उठाउन गाह्रो लाग्ने काठमाडौं तीनथानाका राम के।सि बताउछन् । पढे लेखेका नै हुन्छन् उनि भन्छन्, अब उठ् भन्यो भने गालि गर्ला भन्ने डर न उठाउ त सवारी साधानमा यात्रा नै गर्न सकिदैन् । कसैले दया धर्मले सिट छाडिदिए मात्रै आफूले सिट पाउने गरेको उनि बताउँछन् । उनि भन्छन् उमेरले ५५ पार गरेपछि त सार्वजनिक सवारी चढ्न गाह्रो पो हुने रैछ त ।

सहचालकको नारा–जिब्रोको गरिमा मिठो बोलिमा

दैनिक २०० को हाराहरीमा रत्नपार्क–मच्छेगाउँ,रत्नपार्क–थानकोट, रत्नपार्क–नागढुङ्गा, मुलपानी–नागढुङ्गा र मातातिर्थ–गौशालाको रुट भएर चल्ने हरेक सार्वजनिक सवारी साधनको ढोकामा नै एक नारा लेखिएको हुन्छ । जिब्रोको गरिमा मिठो बोलिमा तर वास्तविक रुपमा कुनै चालक वा सहचालकले उक्त नाराको कमै प्रयोग गर्ने गर्दछन् ।

कलेज समय, अफिस समय र बेलुका ४ देखि ७ बजेपछि सम्म यस रुट भएर चल्ने सवारी साधनमा यात्रुहरु खचाखच भरिएको हुन्छ । कतिपय समयमा त थानकोटदेखि कलंकी, मच्छेगाउँदेखि कलंकी र नागढुङ्गादखि कलंकीसम्म नै झुन्डिएर यात्रा गर्नुपर्न बाध्यता उस्तै छ ।

उक्त खचाखच भरिएको सवारी साधानमा राम्रो बोलि बोल्ने सवारी चालक र सहचालक कमै मात्रामा पाउने गरेको नैकाप निवारी लाले क्षेष्ठ बताउने गर्दछन् । उनि भन्छन्, पछाडी सर भन्छन अलिकति खुल्ला ठाँउ पनि हुँदैन । सरेन भने गाडीबाट झरी हाल भन्छन् ।

यति मात्रै होइन कतिपय चालक र सहचालकले अप शब्द नै प्रयोग गर्ने गरेको उनि सुनाउछन् । बसमा महिला,बालबालिका र उमेरले खाइुसकेको बृद्धा हुन्छन्् बोल्न नै नहुने कुरा बोल्छन् । यसबाट आफै पो लज्जित हुनुपर्छ कसले के भन्ने ? भनै त आफ्नै गाडी किनेर चढ् भन्छन् अलि बढी बोल्यो ओर्लिहाल भन्छन् म के भनुम ?

कार्डवाला यात्रु ‘दशको माल’

सामान्यतः काठमाडौं उपत्यकाको रुटमा सार्वजनिक सवारी प्रयोग गर्दा कार्ड छुटपछि तिर्नुपर्ने भाडा दश रुपैयाँ हो । विद्यार्थी, अशक्त, बृद्ध एवं जनआन्दोलनका घाइते लगायतले परिचयपत्रका आधारमा बस तथा माइक्रोमा न्यूनतम भाडा दश रुपैयाँ तिर्दै आएका छन् ।

यता बसका सहचालकले दश रुपैयाँ तिर्ने यस्ता यात्रुलाई ‘दशको माल’ भन्ने गर्छ । यातायात व्यवस्था विभागको निर्देशिका अनुसार विद्यार्थी, अशक्त, बृद्ध र जनआन्दोलनका घाइते लगायतलाई दिइने छुटसम्बन्धमा कुनै समय सीमा छैन् । तर यस रुटमा कार्डको छुट बिहान ६ बजेदेखि बेलुका ७ः५९ बजेसम्म कार्डवालाले छुट पाउने गर्छन । यस रुटमा छुट पाउन जनयुद्ध नै लड्नु पर्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।