भदौ २५- फिल्म ‘चपली हाइट ३’ मा स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिने भएकी छिन् । उनले अभिनेता महेश त्रिपाठीको अपोजिटमा काम गर्न लागेकी हुन् । फिल्मको निर्देशन निकेश खड्काले गर्दै छन् । चपली हाइटमा मुख्य भूमिका निभाएका आमिर गौतम यसपटक पनि प्रमुख भूमिकामै हुनेछन् ।

फिल्मको औपचारिक घोषणामा बोल्दै अभिनेत्री स्वस्तिमा खड्काले फिल्मको स्क्रिप्ट निकै मन परेको बताइन् । ‘मलाई पहिलोपटकमै स्क्रिप्ट मन प(यो,’ उनले भनिन्, ‘फिल्म क्राइम थ्रिलर हो ।’ निकेश खड्काले निर्देशन गरेको फिल्म आउँदो चैतमा प्रदर्शन हुनेछ । यसअघि चपली हाइट र चपली हाइट २ को निर्देशन दीपेन्द्र के खनालले गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।