हेटौंडा,नेपाल स्वस्थ्यकर हलाल माछामासु व्यवसायी संघ मकवानपुरको कार्यालय उद्घाटन गरिएको छ ।  केहि महिनाअघि मकवानपुरमा गठन गरिएको संघको मंगलबार कार्यालय उद्घाटन गरिएको हो ।

हेटौंडा ४ नयाँ मार्गमा संघको कार्यालय स्थापनापछि वडा अध्यक्ष नवीन सिग्देलले उद्घाटन गरेका हुन् ।  संघका अध्यक्ष महम्मद समिम मियाँको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष रामप्रसाद न्यौपाने, माछामासु व्यवसायी संघका पूर्वअध्यक्ष विषलाल श्रेष्ठ, उपाध्यक्ष रमेश न्यौपाने, हेटौंडा २ वडा सदस्य महेश्वरमान श्रेष्ठ र कुखुरा व्यवसायी संघ उपाध्यक्ष प्रतिमा श्रेष्ठको आतिथ्यता रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।