हेटौंडा २४ भदौ,विश्वकप छनोट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको छ । नेपालका लागि दुबै गोल अन्जन विष्टले गरेका थिए ।

नेपालका लागि खेल सुरु भएको तीन मिनेटमै अञ्जन विष्टले गोल गर्दै १-० को अग्रता दिलाएका थिए । फ्रिकिकमार्फत आएको बललाई अञ्जनले हेड गर्दै गोलमा परिणतमा गरेका हुन् । त्यस्तै अञ्जनले नै खेलको ६२औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।

विश्वकप छनौटको एशियामा समुह बि मा रहेको नेपालको २ खेलमा अब ३ अंक भएको छ । यस अघि कुवेतविरुको पहिलो खेलमा ७–० को लज्जास्पदक हार बेहोरेको थियो । समुह बि मा नेपालसहित चाइनिज ताइपे अस्ट्रेलिया, जोर्डन र कुवेत रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।