हेटौँडा,२४ भदौ ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कडेल तथा अर्की आरोपित अस्मिता कार्कीलाई थुना (हिरासतमा)नै राखेर अनुसन्धान गर्नुपर्ने माग राख्दै आज उच्च अदालत पाटन, हेटौँडा इजालाशमा परेको निवेदनको विषयमा विहिबार सुनुवाई हुने भएको छ । आज हुने भनिएको सुनुवाई विहिबारलाई सरेको हो ।

चितवन जिल्ला अदालतले गत भदौ ९ गते आरोपित लामिछानेलाई ५ लाख धरौटि, कडेललाई ३ लाख धरौटी तथा कार्कीलाई साधरण तारेखमा हिरासत बाहिरनै बसेर मुद्धा लडन मिल्ने गरि आदेश गरेको थियो ।
तर भाद्र ९ गतेको फैसलालाई बदर गरी थुनामै राखेर अनुसन्धान गर्न नेपाल सरकारको तर्फबाट निवेदन परेको हो ।

यसअघि आरोपित मध्येका लामिछाने र कँडेलले पनि चितवन जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै दिएको निवेदनमा हेटौँडा इजलाशले चितवनमा भएको आदेशको प्रतिवेदन माग गरेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।