नङले बाहिरी प्रभाव तथा आक्रमणबाट औँलालाई बचाउने गर्दछ । नियमित रुपमा बढ्ने नङ हरेक साताजसो काट्न योग्य हुन्छन् । दैनिक हातको कामकाज गर्नेहरुको नङ भने घस्रिएर होस् वा ठोक्किएर झर्ने वा घट्ने गर्दछ । तर कतिपय मानिस भने नङलाई टोकेर नै घटाउने गर्दछन् ।

सायद तपाईंलाई थाहा नहुन सक्छ, विश्वका करौडौँ मानिसहरु नङ टोक्ने गर्दछन् । यसरी नङ टोक्नुको पछाडी केहि मनोवैज्ञानिक कारण पनि छन् ।

मनोवैज्ञानिकका अनुसार धेरै चिन्तन गर्ने वा चिन्तामा रहने मानिस नङ टोक्ने गर्दछन् ।

पट्यारलाग्दो अवस्था वा मानिसलाई मानसिक रुपमा धिक्दारी महसुस हुँदा पनि नङ टोक्न पुग्दछन् ।

सानैदेखि नङ टोक्ने बानी परेकाले समेत पछिसम्म नङ टोक्न छाड्दैनन् ।

मानिसहरुमा व्यक्तित्वको अस्थिरताको कमीले समेत नङ टोक्ने लत बस्छ ।

ठूला समस्या वा डरमासमेत समाधानको बाटो खोज्ने क्रममा मानिसले नङ टोक्दछन् ।

आफूमा भएको रिसलाई नियन्त्रणमा ल्याउन समेत मानिस नङ टोकेर शान्त बन्दछन् ।

नङ चपाउनुको पछाडी मानिसमा भएको अतिवादी सोच, महत्वकांक्षा र हिन भावना रहने गरको मनोवैज्ञानिकहरुको ठहर छ ।

काम नहुँदा वा मनोवैज्ञानिक रुपमा सबल नहुँदा पनि मानिस नङ टोक्ने गर्दछन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।