file photo

भदौ २४- स्टार फरवार्ड सावित्रा भण्डारीको निर्णायक गोलसँगै ताजकिस्तानलाई पराजित गर्दै नेपाल किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मंगलबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले ताजिकिस्तानलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

खेलको ८६औं मिनेटमा सावित्राले निर्णायक गोल गरेकी थिइन्। खेलको मध्यभागबाट आएको फ्रिकिक बलमा पेनाल्टी एसियाबाट सावित्राले हेडिङ गोल गरेकी हुन्।

अब नेपालले बिहीबार हुने फाइनलमा उज्वेकिस्तानको सामना गर्नेछ। लगातार दुई खेल जित्दै उज्वेकिस्तान यसअघि नै फाइनल पुगिसकेको छ।

चार देश सहभागी प्रतियोगितामा नेपालले पहिलो खेलमा किर्गिस्तानलाई ८–२ ले पराजित गरेको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० ले पराजित भएको थियो।

नादेझ्दा कपमा नेपालससहित आयोजक किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान खेलिरहेका छन्।

नेपालले आगामी मंसिरमा हुने दक्षिण एसियाली खेलकुद सागको तयारीका लागि यो प्रतियोगिता खेलेको हो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।