हेटौंडा २४ भदौ,हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज दिउँसो भएको पहिलो खेलमा बुद्ध युवा क्लबले गोर्खा ब्वाईजलाई ३–० गोलअन्तरले पराजित गरेको छ । बुद्ध युवा क्लबको जितका लागी राजन स्याङतान २ गोल गरे भने शमेश माझीले १ गोल गरेका थिए ।

यस्तै मंगलबार बिहान भएको पहिलो खेलमा भुटनदेबि युवा क्लबले हेटौंडा फुटबल ऐकेडेमीलाई १–० गोलअन्तरले पराजित गरेको छ । भुटनदेबि युवा क्लबका लागि अरुण नेपाली गरेको एक गोल नै निर्णायक बन्यो ।

यस्तै मंगलबार दिउँसो भएको दोस्रो खेलमा एफसी मल्टिभिजन र सात नम्बर फुटबल क्लब गोलरहित बराबरीमा राकिएको छ ।  निर्धारित समय सम्म दुबै टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा रोकिएको हो । बराबरी भएसंगै दुबै टोलीले आपसमा अंक बाँडेका छन् ।

यो पटक जिल्ला लिग फुटबलमा विजेता हुने टिमले नगद १ लाख प्राप्त गर्ने मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । यस्तै जिल्ला लिगमा उपविजेताले ५० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार प्रदान गरिने छ भने विधागत उत्कृष्ट खेलाडीहरुलाई जनही ५ हजार प्रदान गरिने छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।