भदौ २४- नेपाल आयल निगमले डिजेल÷मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।पेट्रोलियम पाइपलाइन उद्घाटनकै दिन निगमले डिजेल-मट्टितेल र पेट्रोल मूल्य घटाएको हो।

मंगलबार मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल(मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ घटाएको हो

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार प्रमुख तीन इन्धनको साविक मूल्यमा २ रुपैयाँ घटाइएको हो।

मूल्य घटेसँगै प्रतिलिटर डिजेल(मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ।

निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै छ। अहिले केहीबेरमै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका समकक्षी नरेन्द्रमोदीले दुई देशबीचको पेट्रोलियम पाइपलाइन उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

पाइपलाइनाबाट इन्धन भित्रयाउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।