हेटौंडा , २४ भदौ- नेपाली कांग्रेसका महामन्त्री शसांक कोईरालाले जननायक विपी कोईरालाको बिचार विश्वको विभिन्न देशले अवलम्वन गर्न थालेको बताएका छन् ।

मंगलवार हेटौंडामा आयोजित महामानव विपि कोईरालाको १०६ औ जन्मजयन्तिको अवसरमा आयोजित मुलुकको भाबी अर्थनीती र प्रजातान्त्रिक विषयक अन्तरक्रिया कार्यक्रम एवम् प्रजातान्त्रिक बिचार समाज प्रदेशस्तरिय सम्मेलनमा बोल्दै उनले अमेरीकाजस्तो देश पनि पछिल्लो समय विपीको समाजवादी चिन्तन प्रभावित बनेको बताएका हुन् । उनले विपीले ल्याएको बजारनितीमा नहिड्दा देशमा आर्थिक विकास नभएको बताए ।

कोईरालाले उनले कांग्रेस एकतावद्व भएर लाग्न नसकेकोले गत निर्वाचनमा हार व्यहोर्नु परेको भन्दै अबको निर्वाचनमा त्यस्तो नहुने बताए ।

प्रजातान्त्रिक बिचार समाजका प्रदेश ३ का संयोजक भरत प्रसाद दवाडीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ का संसदीय दलका नेता ईन्द्र बानियाँ , प्रजातान्त्रिक बिचार समाजका उपाध्यक्ष कुलचन्द्र वाग्ले , कोषध्यक्ष ईश्वर।ीप्रसाद लौडारी , प्रदेश सांसदहरु , प्रदेश तथा जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।