सांकेतिक तस्बिर

भदौ २३- नेपाली बजारमा सुन तोलामा २ सय रुपैयाँले बढेको छ। आइतबार तोलामा ५ सयले घटेको सुन सोमबार ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुन तोलाको ७१ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। यस्तै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलामा ५ रुपैयाँले घटेर ८८० रुपैयाँमा कारोबार भइरहेको छ।

एक महिनादेखि सुनको भाउ बढ्ने र घट्ने क्रममा छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।