अन्तर्राष्ट्रिय

दाइले हरेक दिन बलात्कार गर्थे, यो बच्चा उनकै हो

दाइले हरेक दिन बलात्कार गर्थे, यो बच्चा उनकै हो

हाम्रो समाजमा दाजु बहिनीको नाता जति पवित्र अरु केहि पनि मानिदैन तर यसको ठिक उल्टो  नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशको मेरठमा एक बहिनी आफ्नै दाइको बच्चाकी आमा बनेकी छन् । बहिनीले आफ्नो दाइले बलात्कार गरेपछि बच्चा जन्मिएको बताएकी छन् ।

आफ्नो दाइ विरुद्ध अपहरण र बलात्कार गरेको उजुरी दिन उनी पुलिस चौकी पुगेपछि घटना सार्वजनिक भएको हो । अहिले काखमा बच्चा बोकेर न्यायका लागि ती युवती ठाउँ ठाउँमा डुलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पीडित युवतीले आफ्ना दाइले दिल्लीमा लगेर पटक पटक बलात्कार गरेको र अहिले काखमा भएको बच्चासमेत दाइको भएको बताएकी छन् । कयौँ महिनादेखि दाइले नै आफूलाई बलात्कार गरेको उनले पुलिसमा बयान दिएकी छन् ।

युवतीको उजुरीका आधारमा पुलिसले अनुसन्धान सुरु गरेको छ । स्थानीय पुलिस चौकीले युवतीका दाइ दोषी देखिएमा कानुनअनुसार कारबाही गरिने जनाएको छ । -एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।
प्रतिक्रिया दिनुहोस्