हेटौँडा,२२ भदौ ।
एजे टिम हेटौँडाको ब्यानरमा निर्माण हुने नेपाली कथानक चलचित्र “लिटिल स्टार”को आज हेटौँडामा शुभारम्भ गरिएको छ ।
न्युज क्लब नेपाल हेटौँडामा आज भएको कार्यक्रमबिच नेपाल चलचित्र विकास वोर्डका सदस्य नरेन्द्र महर्जनले चलचित्रको शुभारम्भ गरेका हुन् । अजय वाईवाको निर्देशनमा बन्ने चलचित्र मकवानपुरको लागि ऐतिहाँसिक चलचित्र हुने शुभारम्भको क्रममा महर्जनले बताए ।


मकवानपुरकै कलाकार, मकवानपुरमै छायाङ्कन्, मकवानपुरमै सम्पादन हुने पहिलो चलचित्र भएको भन्दै उनले २०७२ सालको विनासकारी भुकम्पपछि परिवार गुमाएका वालवालिकाहरुमा परेको प्रभावको विषयमा बन्न लागेको यो नै नेपालको पहिलो चलचित्र भएको उनको दाबी रहेको थियो ।


चलचित्रको विषयमा जानकारी दिँदै निर्देशक लामाले चलचित्रले भुकम्प पछि आफ्नो अभिभावक गुमाएका वालवालिकालाई परेको समस्या, बालवालिका बेचविखनको अवस्थाका र शिक्षावाट के कारणले वालवालिका बञ्चित हुनुपरेको छ भन्ने विषयलाई उठान गरेको बताए ।
चलचित्र ३५ लाख रुपैँयामा निर्माण सम्पन्न हुने चलचित्रका निर्माता सुरेश लामाले बताए , चलचित्रलाई मकवानपुरको सुन्दर क्षेत्रहरु बकैया गाउँपालिका, हेटौँडा उपमहानगरपालिका लगाएतको स्थानमा छायाङ्कन गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।


चलचित्रमा आयुष घलान, सुशिल वाईवा, राजेन्द्र बलामी, बिरेन्द्र लामा, अमित भट्टराई, सञ्जय मण्डल, कमला भोम्जन लगाएतको कलाकारको अभिनय रहेको छ । चलचित्रमा सन्तोष थोकरको द्वन्द निर्देशन रहेको छ । चलचित्रलाई तिहार पछि देशभर रिलिज गर्ने गरि काम गरिने वाईवाको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।