सांकेतिक तस्बिर

भदौ २२ लगातार बढ्दै गएको सुनको मूल्य पछिल्लो समय भने ओरालो लाग्न थालेको छ। गत शुक्रबार छापावाला सुनमा प्रतितोला एक हजार चार सय घटेर ७२ हजार कायम भएको छ।

सुनको मूल्य आइतबार पनि पाँच सय रुपैयाँ घटेको छ। आइतबार प्रतितोला ७१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्यमा पनि प्रतितोला पाँच सय गिरावट आएको छ। तेजबी सुनको मूल्य ७१ हजार दुई सय कायम भएको छ।
यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले घटेर आठ सय ८५ रुपैयाँ कायम भएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।