सुरेन्द्र राज थीके
भदौ २२- र्निमाता बिशाज कोदारिया तथा शिशिर ओरेनको संयुक्त लगानीमा मिलन डि काप्रीको र्निर्देशन तथा आंगचेन लामाको छायांंकनमा “षटकोन” नामक चलचित्रको आज एक समारोहको बिच भीमफेदी गाउँपालीकाका अध्यक्ष हिदम लामाले शुभमुर्हत आरम्भ गरेका छन् ।

नायक कर्मा र नायीका शुयशा अधिकारी प्रमुख भुमिका रहेको चलचित्रमा मकवानपुरका कलाकार भोला सापकोटा लगायतको अभिनय रहेको छ ।

 

भीमफेदीको ऐतिहासिक स्थलहरुमा एक महिनासम्म चलचित्र छायाकंन हुने तथा आगामी चैत्र महिनासम्ममा सम्पुर्ण कार्य सकेर प्रदर्शनमा आउने तयारीमा रहेको छ । चलचित्र एक करोड लगानी बन्ने सहायक लोकेन्द्र लेखकले बताए ।

शुभमुर्हत कार्यक्रममा भीमफेदी गाउंपालीका ६ नं. वडा अध्यक्ष सिताराम थापा,स्थानिय बुद्ध सिं स्यातान,सानु थापा,केशब नारायण मुल्मी,माधब दास श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी हिदम लामाले चलचित्र सफलताको कामना साथै आवश्यक सहयोग रहने बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।