हेटौंडा २० भदौ,हेटौंडाबाट रेड राइजिङ मिडिया प्रालिद्धारा सञ्चालित लालखबर डटकमले छालाको क्यान्सरबाट पीडित ११ वर्षीय रेणु दमाईलाई आर्थिक सहयोग गरेको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नंबर १३ वनस्पति की रेणु दमाईलाई लालखबरले १८ हजार १ सय ८५ रुपयाँको चेक हस्तान्तरण गरेको हो ।
शुक्रबार हेटौंडाको न्युज क्लब नेपालमा एक कार्यक्रममा चेक हस्तान्तरण गरेको हो ।

लालखबरका कार्यलय संयोजक राजेश ‘गरिब’ को संयोजकत्वमा जनहितका लागि आर्थिक सहयोग संकलन अभियानले विभिन्न संस्था तथा व्यक्तिहरुबाट संकलित रकम बिरामीका बुवा सिताराम दमाईलाई लालखबरका सम्पादक राज सापकोटाले चेक हस्तान्तरण गरेका थिए । रेणुको हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

क्यान्सर पिडित रेणुका  लागि आर्थिक सहयोग गर्न चाहनेहरुले बिरामीका बुवा सिताराम दमाईको मोबाईल नम्बर ९८०४२०३१६८ अथवा आर्थिक सहायोग  संकलन अभियानमा जुटेका लालखबरका संयोजक राजेश गरिबको मोबाईल नम्बर ९८५५०३११४५ मा पनि सम्पर्क गर्न सक्नु हुनेछ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।