भीमफेदी,२० भदौ ।
मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना भएको छ । सर्लाहीबाट काठमाण्डौँ जाँदै गरेको सर्लाहि सुमो सेवाको ना १ ज ३६४० नंबरको सुमो भीमफेदी गाउँपालिका वडा नंबर ६ जुडीखेतको चियानडाँडामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाईते भएका छन् । मृत्यु हुनेमा १० महिने नावालीका समरागी माझी रहेकी छिन् ।

घाईते मध्ये १ जना बालक रहेको भीमफेदीबाट खबरब्रेक संवादाता सुरेन्द्र थिकेले बताए । काठमाण्डौँ–हेटौँडा छोटो मार्ग अन्र्तगत जुडीखेतको चिहानडाँडाबाट सुमो १ सय मिटर तल झरेको हो । घाईते हुनेमा सर्लाही जिल्लाका जगरनाथ सहनी,राजकुमार दास, सुकदेव वाईवा, अनिता डिम्डुम, योगबहादुर डिम्डुम, महेन्द्र शाही रहेका छन् । त्यसैगरी सिन्धुलीका दलबहादुर हिम्डुम, महोत्तरीका बिरबहादुर वाईवा रहेका छन् । उनीहरुलाई उपचारको लागि हेटौँडा ल्याएइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।