हेटौँडा,१९, भदो । हेटौंडा–५, सानोपोखरा (दक्षिणकालि मन्दिर) नजिकै आजबाट बासुकला पार्टी प्यालेस सञ्चालनमा आएको छ ।  आज बासुकला परिवारकै जेष्ठ सदस्यले पार्टी प्यालेसको उद्घाटन उद्घाटन गरेकि हुन् । उनले रिवन काटेर पार्टी प्यालेसको शुभारम्भ गरेकि हुन् ।

शान्त वातावरणमा निर्माण गरिएको पार्टी प्यालेसमा एक हजार जनासम्मका लागि पार्टी सञ्चालन गर्न पुग्ने ल्याइएको सञ्चालक केशव बासुकलाले जानकारी दिए । करिब ७० लाख लगानी निर्माण भएको पार्टी प्यालेसमा उचित पार्किङको ब्यवस्था समेत रहेको छ । पार्टी प्यालेसमा एकै पटक दुई वटा सम्म कार्यक्रम समेत गर्ने मिल्ने सुविधा रहेको उनले बताए । पार्टी प्यालेसले सेवा शुभारम्भको अवसरमा विशेष छुटको समेत व्यवस्था गरिएको बासुकलाले बताए । उनले भने ः हामि उद्घाटनको अवसरमा दशै तिहार सम्म विशेष छुटको ब्यवस्था समेत गर्दछौ । पार्टी प्यालेसमा गुणस्तरीय खानाको ब्यवस्था हुने उनले बताए ।

दुई दशक भन्दा धेरै होटल तथा क्याटरिङ सेवामा काम गरिसकेको वासुबला परिवारले पार्टी प्यालेसमा समेत लगानी गरेको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।