हेटौंडा,१८ भदौ- प्रदेश ३ को भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले एक वर्षमा ६ करोड ५२ लाख पशु अनुदानको लागी वितरण गरेको छ ।

गएको आर्थिक वर्ष २०७५÷७६ मा मन्त्रालयले पशु अनुदानको लागी ६ करोड ५२ लाख वितरण गरेको हो । पशु व्यवसायको विकासको लागी मन्त्रालयले प्रदेशका १३ वटा जिल्लामा विभिन्न क्षेत्रमा अनुदान वितरण गरेको छ ।

मन्त्रालयले दुधमा अनुदान स्वरुप प्रतिलिटर २५ पैसाको दरले ७ वटा जिल्लाको एकसय ४९ वटा सहकारीमा एक करोड पचास लाखको अनुदान वितरण गरेको थियो । जसमा चितवनको ७४ वटा , मकवानपुर , काभ्रे र ललितपुरको २२÷२२ वटा , दोलखाको २ , धादिङ र नुवाकोटको एक÷एक वटा सहकारी रहेका छन् । मन्त्रालयकी पशु विकास शाखा अधिकृत डाक्टर सबिना मिश्रको अनुसार मन्त्रालयले दुधमा प्रतिलिटर एक रुपैया अनुदान दिने भनिएता पनि रकम अभावको कारण २५ पैसा मात्रै वितरण गरेको हो । त्यस्तै गरि तीनवटा दाना उद्योग सञ्चालनको लागी एक करोड ६५ लाख ५४ हजार रुपैया वितरण गरेको छ ।

जुन चितवन , मकवानपुर र दोलखामा रहेको छ । पशु विकास शाखा अधिकृत डाक्टर मिश्रले मन्त्रालयले चितवन , ललितपुर र हेटौंडामा तीनवटा पशु वद्यशाला निर्माणको लागी एक करोड पचास लाख प्रदान गरेको छ । त्यस्तैगरि १३ वटा पशु वद्य स्थल निर्माणको लागी ८६ लाख ७६ हजार बजेट वितरण गरेको छ । जसअनुसार चितवन र धादिङमा मा तीन÷तीन वटा , सिन्धुली र दोलखामा एक÷एकवटा , र ललितपुरमा पाँचवटा रहेकोमा चारवटा मात्रै स्थापना गरिएको छ ।

मन्त्रालयले तीनवटा जिल्लामा २३ चिलिङ भ्याटको लागी एक करोड पचास लाख बजेट वितरण गरेको छ । जुन चितवनमा १७ वटा , ललितपुरमा दुईवटा , मकवानपुर , काठमाण्डौ , सिन्धुली , सिन्धुपाल्चोक र ललितपुरमा एक÷एक वटा रहेका छन् । त्यस्तैगरि २० वटा मिल्क एनलाईज खरिद गर्नको लागी ९८ लाख २७ हजार रुपैया विभिन्न पाँचवटा जिल्लालाई प्रदान गरेको छ । जसअन्तर्गत चितवनमा १३ वटा , मकवानपुरमा तीन वटा , काठमाण्डौमा दुईवटा , धादिङ र दोलखामा एक÷एक वटा खरिद गरिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।