हेटौंडा ९ भदौ,जिल्ला प्रहरी कार्यलय मकवानपुरले १५ थान मोबाइल फेला पारी आईतबार सम्बन्धित मोबाइल धनीलाई बुझाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार विभिन्न समयमा हराएको भनि दिएको निवेदनको सम्बन्धमा उपलब्ध स्रोत साधनको प्रयोग गरी खोजतलास तथा अनुसन्धान गरी मोबाइलहरु फेला पारी सम्बन्धित व्यक्तिहरुलाई नै बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सामसुङ, जीओनी, ओप्पो, नोकिया,एम आई लगाएतका कम्पनीका मोबाइलहरु फेला परेका हुन् । यसैबीच जिल्ला प्रहरी कार्यालय मकवानपुरले विगत ७ महिनामा ९८ थान मोबाइल फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाएको जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।