file photo

९ भदौ,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सचिवालय बैठक बोलाएका छन् । पार्टी एकताको १५ महिनापछि पहिलोपटक प्रचण्डको अध्यक्षतामा आज सचिवालय बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।

बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने, टुंगो लागेका कमिटीलाई सक्रिय बनाउने र जागरण अभियानको विषयमा छललफल गरिने एजेण्डा राखिएको बताईएको छ ।

स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर रहेकाले पहिलो पटक एक अध्यक्षको अनुपस्थितमा अर्का अध्यक्षको अध्यक्षतामा बैठक बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारका लागि सिंगापुर जानु अघि नै सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिनुभएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।