रौतहट ८ भदौ,समाजवादी पार्टी नेपालका भातृ संगठन समाजवादी युवासंघका केन्द्रिय अध्यक्षमा प्रदेश नं २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादव मनोनित भएका छन ।

ललितपुरको सातदोबाटो स्थित याक्थुङ चुमलुङ सभाहलमा आज आयोजित किरात नयाँ शक्ति विद्यार्थी युनियन र समाजवादी विद्यार्थी फोरम नेपालको एकता घोष्णा सभाले समाजवादी युवा संघको केन्द्रिय अध्यक्षमा राज्य मन्त्री यादवलाई चएन गरेको हो । समाजवादी पार्टीका अन्य भातृ संगठनहरु समाजवादी महिला संघ नेपाल, समाजवादी विद्यार्थी युनियन, समाजवादी युवा संघ, संघिय समाजवादी खेलकुद महासंघ लगाएत विभिन्न भातृ संगठनहरुवीच आज एकता भएको छ । एकता पछी आईतवार बसेको बैठकले नयाँ नाम राखिएको समाजवादी युवा संघको अध्यक्षमा राज्य मन्त्री एवं प्रदेश सांसद योगेन्द्र यादवलाई सर्वसमतिबाट चएन गरिएको छ । त्यस्तै संघको उपाध्यक्षमा असलम खान र सदस्यहरुमा सनोज यादव, नवनीत मिश्र, पशुपति यादव, मुक्तिनाथ यादव र रेनु राज सिंह चएन भएको राज्यमन्त्री यादवका स्वकिय सचिव कमलेश यादवले जानकारी दिएका छन ।

एकता घोषणा सभामा समाजवादी पार्टी नेपालका संघिय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भटराई, अर्का अध्यक्ष उपेन्द्र यादव सहित पार्टीका विभिन्न नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


रुपेन्द्र पटेल
रुपेन्द्र पटेल
rupendra@khabarbreak.com
रौतहट, खबरब्रेक संवाददाता