हेटौँडा,७ भदौ ।
युरोपको स्पेनमा हुन लागेको एन आर एन ए समन्वय समिति स्पेनको उपाध्यक्षमा मकवानपुरका रामप्रसाद दाहाल उम्मेद्वार भएका छन् । मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ४ निवासी दाहाल ११ वर्षबाट स्पेनमा रहि विभिन्न सामजिक क्रियाकलापमा सक्रिय रहेका छन् ।
दाहाल पाईसभास्क़ो बिल्बाउ बाट , एन आर एन ए समन्वय समिति स्पेनको आगामी अधिवेशनमा क्षेत्रगत प्रतिनिधित्व गर्ने गरी राष्ट्रीय समन्वय परिषद को केन्द्रीय उपाध्यक्ष पदमा ऊमेदवार भएका हुन् ।

एक कार्यकाल एन आर एन ए क्षत्रीय समिति पाइसभास्को को अध्यक्ष पदम रही काम गरीसकेको तथा केंद्रीय समितिमा सल्लाहकारको भूमिका पनि निर्वाह गरेका दाहाल केन्द्रीय उपाध्यक्षमा उम्मेद्वार भएका हुन् ।
समाज र समाजिक कार्यमा जोडिन एनआरएनए समितिले थप बल पुराउने भन्दै दाहालले आफुलाई जिताउनको लागि सबैलाई आग्रह समेत गरेका छन् ।
उनले भने : हजूरहरूले मलाई यो ज़िम्मेवारी दिनुभएमा म यो ज़िम्मेवारीलाई ईमानदारीका साथ निर्वाह गर्ने वचनबद्धाता गर्दछू
उनले आफुले स्पेनको क्षेत्रीय समितिमा रहँदा सबैलाई समान दृष्टिकोणबाट सहयोग गरेको भन्दै आफु विजयी हुने विश्वास ब्यक्त गरे ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।