हेटौंडा ७ भदौ,

म तिमीलाई माया गर्न सक्दिन (कविता)

म यतिखेर
यात्राको मूल सङ्घारमा
कैद भएको छु,अनि
चल्न चट्पटाउन पनि
नसक्ने भएको छ
त्यसैले मसँग च्यातिएका मनहरु छन्
उजाडिएका बस्तीहरु छन्
तिमी ऐसआराममा हुर्किएको मान्छे
मसँग यी सबैसँग जुध्न सक्ने
क्षमताहरु छन् तर तिमी ती सबैसँग
जुध्न सक्दिनौ
त्ससैले मलाई तिम्रो प्रस्ताव मन परेन
म तिमीलाई माया गर्न सक्दिन
तैपनि म गन्तव्य खोज्दाखोज्दै
माझघरमा हराएको मान्छे
गन्तव्य खोज्न आतुर भएको छु
सबै गुमाए पछि केहि पाइन्छ भन्छन्
वास्तवमा विश्वासको साथ टुटिसकेपछि
सम्बन्धका तुलहरु च्यातिएपछि
मान्छेमा के चाहिँ बाँकी रहन्छ र ?
योे बेला, म रित्तो भएको छु
चुरोट तानिसकेपछि ठुटो राख्ने
एस्ट्रेजस्तै
त्यसैले, मलाई तिम्रो प्रस्ताव मन परेन
म तिमीलाई माया गर्न सक्दिन
किनकि म यतिखेर
समयको गन्जकमा कैद भएको छु
त्यसो त ! भित्र पीडा लिएर
बाहिर खिस्स हाँस्नुको नियति
अलि भिन्नै हुन्छ
त्यसैले मलाई तिम्रो प्रस्ताव मन परेन
म तिमिलाई माया गर्न सक्दिन
आस्था भत्किएपछि
आश्वासनका बाँधहरु टुटिसकेपछि
त्यो नाता त्यो सम्बन्ध
कहाँ संगाीन हुनसक्छ
त्यसैले खै किन तिम्रो प्रस्ताव मलाई मन परेन
म तिमीलाई माया गर्न सक्दिन…?

लेखक : कवि राम बर्तौला ‘आँसु’
राष्ट्र उद्गार
[कविता सङ्ग्रह]


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।