हेटौँडा,७ भदौ ।

राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) का महामन्त्री राजेन्द्र लिङ्देनले वर्तमान सरकारले राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाएका छन्।

शनिवार राप्रपा मकवानपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री लिङ्देनले राज्य संयन्त्रको दुरुपयोग गरि जनतालाई दुखी तथा निराश बनाएको बताएका हुन्। उनले सरकारले देशमा सुशासन कायम गर्न नसक्दा भ्रष्टचार बढेको दाबि गरे। लिङ्देनले एउटा चुनावले कुनै पार्टीको भविष्य तय नगर्ने भन्दै अब चुनावमा राप्रपा अगाडि हुने दाबि समेत गरे ।

८१ प्रतिशत हिन्दु धर्मालम्बी भएको देशमा धर्म निरपेक्षता ल्याएर कांग्रेस रनेकपाले गल्ति गरेको भन्दै नेपाल हिन्दु राष्ट्र कायम हुने दाबि गरे। राप्रपा मकवानपुरका अध्यक्ष तथा प्रदेश ३ का उपाध्यक्ष मधु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका जिल्ला नेता राजाराम बर्तौला, बालकुमारी डल्लाकोटी लगायतले मन्तव्य व्यक्त गरेका थिए।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।