हेटौंडा,श्री बैष्णव युवा परिषद मकवानपुरको तेस्रो साधरणसभा शनिवार सम्पन्न भएको छ । बैष्णव युवा परिषद मकवानपुरका जिल्ला अध्यक्ष तथा लक्ष्मीनारायण मन्दिरका मठाधिस रामानुजचार्यको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख आतिथि हेटौंडा उपमहानगरपालिकाको मेयर हरि बहादुर महतले दिप प्रज्ववलन गरेर कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । हेटौंडा–५ रुदे्रश्वर मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा हेउमनपा वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानिया,श्री बैष्णव परिषद मकवानपुरका अध्यक्ष हरि प्रपन्नाचार्य,मठाधिस वरदराज भारद्धाज,श्रीनिवास लक्ष्मीनारायण मन्दिरका जनार्दनाचार्य,युवा परिषद् नेपाल केन्द्रीय समिति कोषाध्यक्ष वेद प्रसाद आचार्य ,रुदेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजिव सुवेदी लगायत विशिष्ट धर्मगुरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा आब २०७५/०७६ को सम्पुर्ण आय÷व्यय तथा बार्षिक प्रतिवदन समेत प्रस्तुत गरिएको थियो । चालु बर्षको बार्षिक कार्यतालिका प्रस्तुत गर्ने क्रममा लक्ष्मीनारायण मन्दिरका मठाधिस रामानुजचार्यले हेटौंडा–५ को धार्मिक तथा पर्यटकिय स्थल रुदे्रश्वर मन्दिरमा जगद्गुरु रामानुज स्वामीको स्तम्भ निर्माणको लागि हेटौंडा उपमहानगरपालिकाबाट ६ लाख बजेट समेत प्राप्त भएकोले यसै बर्ष उक्त स्तम्भ बन्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी महतले पश्चिमी देशका मान्छे चाहि हिन्दु धर्मको अध्ययन अनुशरण गरिरहेकोे र हामी नेपालमा जन्मिएकाहरु चाहि पश्चिमी धर्म अङ्गालि रहेकोले हिन्दु कल्चर माथि प्रहार भएको बताउनुभयो । महतले हिन्दु धर्ममा भएका एकाद कुरालाई परिमार्जन गरि सबैले यस्को संरक्षण र सम्वद्र्धनमा एकजुट हुनुपर्ने औल्याउनु भयो । सभा बैष्णव युवा परिषद मकवानपुरका सचिव दुर्गा न्यौपानेले सहजिकरण गर्नुभएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।