हेटौंडा,७ भदौ- हेटौंडामा रहेको आधुनिक पशु बधशाला आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, प्रदेश ३ को कृषि मन्त्रालय, हेटौंडा उपमहानगरपालिका र मासु व्यवाशायीको पहलमा बधशाला पुनः संचालनमा आउने भएको हो ।

उपभोक्तालाई स्वास्थकर मासु उपलब्ध गराउने, अव्यवस्थित बध प्रक्रियालाई अन्त्य गर्ने, पारिश्रमिक तिरेर अन्य उपभोक्ताले पनि पशु बध गराउने उदेश्यले बधशाला सञ्चालन गर्न लागिएको हो ।

मन्त्रालयले ६१ लाख २९ हजार र संस्थाले ७० लाख सहयोगमा बधशाला सञ्चालन हुन लागेको हो । डेनिस सरकारको सहयोगमा विस २०२७ सालमा निर्माण भएको आधुनिक बधशाला २०३३ सालमा बन्द भएको थियो । पछि बफेलो फुड्ले स्वामित्व लिएर सञ्चालन गरेको बधशाला २०७२ को भूकम्प पछि भारतले नाकाबन्दी लगाएपछि पशुचौपाया बन्द भएको थियो ।

५४ दशमलव २५ रोपनी क्षेत्रफलमा फैलिएको बधशाला सञ्चालन गरेर नमूना काम गर्न लागेको प्रदेश ३ का कृषि सचिव डा योगेन्द्र कार्कीले बताउनुभयो । सो बधशालाको अवलोकन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री चत्रपाणी खनालले हेटौंडा जस्तै अन्य स्थानमा बन्द रहेका बधशाला पुनः सञ्चालन र नयाँ निर्माणका लागि पहल गर्ने कृषि मन्त्री खनालको भनाई छ ।

बफेलो फुडले २ वटा चिस्यान घर र ४ वटा चिस्यान गाडी किन्नका लागि आर्थिक सहयोग उपलब्ध गराइदिन मन्त्री खनालसँग आग्रह गरेका छन् ।

सुरुमा बध गरिएको मासु काठमाडौ र हेटौंडाका विभिन्न बजारमा पठाइने बधशाला साझेदार संस्था बफेलो क्वालिटी फुडका सञ्चालक सैयाद रियाजौद्दिइनले जानकारी दिनुभयो । उहाँका अनुसार बधशालामा प्रतिघन्टा २० वटा राँगा भैंसी बध गर्न सकिने छ ।

राँगा, खसीबोका र कुखुरा बध गर्न सकिने भएपनि सुरुमा राँगा मात्र बध गरिनेछ । कान्तिपुरबाट साभार 

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।