भदौ ६- नेपाल पत्रकार महासंघले महासंघका कास्की शाखा सदस्य तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाललाई प्रहरीले पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघ कास्की शाखाका अनुसार शुक्रबार विहान पोखराको सिसुुवाबाट प्रहरीले पत्रकार हमाललाई पक्राउ गरेको हो।

बिनाकारण पत्रकार हमाललाई गिरफ्तार गरिएकोमा महासंघले विरोध र भत्र्सना गर्दै तत्काल रिहा गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

प्रहरीले विप्लव नेकपाका कास्की–स्याङ्जा इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’ सँगै हमाललाई प्रहरीले नियन्त्रणमा लिएको हो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।