file photo

वलिउडकी चर्चित अभिनेत्री सन्नि लियोनी नेपाल आउने भएकी छिन् । आइटम गर्ल सन्नीले एक भिडियो सन्देश सार्वजनिक गर्दै नेपाल आउन लागेको जानकारी गराएकी हुन् ।

प्रदर्शनरत चलचित्र ‘पासवर्ड’ को प्रिमियरका लागी नेपाल आउन लागेकी सन्नीले यो चलचित्रको एक गीतमा नृत्य समेत गरेकी छिन् । निर्माण पक्षले जानकारी गराएअनुसार उनलाई महंगो पारिश्रमिक दिएर उक्त गीतमा नृत्य गराइएको थियो । यो गीतको सुटिङ लण्डनमा गरिएको थियो ।

आगामी सेप्टेम्बर ११ मा काठमाडौंमा हुने विशेष प्रिमियरमा सहभागी हुन नेपाल आउन लागेकी सन्नीले उक्त चलचित्रलाई सुभकामना समेत दिएकी छिन् । यो चलचित्र १३ सेप्टेम्बरमा प्रदर्शन हुनेछ ।

सम्राट बस्नेतको निर्देशनमा निर्माण गरिएको यो चलचित्रमा अनुपबिक्रम शाहि, बिक्रम जोशी ९विक्की०, बुद्धि तामाङ, छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रबिन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।