काठमाडौं । नेपाल प्रहरी प्रहरी प्रमुख प्रहरी महानिरीक्षक -आईजीपी सर्वेन्द्र खनालले प्रहरी हिरासतमा कोही पनि असुरक्षित नहुने बताएका छन् ।

रुपन्देहीमा हुने एक कार्यक्रममा सहभागी हुने जाने क्रममा आकस्मिक रुपमा चितवन प्रहरी कार्यालयमा पगेका आईजीपी खनालले प्रहरी कार्यालय तथा हिरासत कक्षको अनुगमन गरेका थिए । अनुगमनका क्रममा शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका पत्रकार रवि लामिछानेसहितका थुनुवालाई भेट गरेका थिए ।

भेटका क्रममा आईजीपी रवि लामिछानेलाई प्रहरी हिरासतमा कोही पनि असुरक्षित नहुने बताएको आईजीपीसँगै रहेका नेपाल प्रहरीका कार्यवाहक प्रवक्ता उत्तमराज जोशीले जानकारी दिए । आईजीपीलाई उदृत गर्दै उनले भने, प्रहरी हिरासतमा कोही पनि असुरक्षित हुँदैन । कानुनसम्मत तरिकाले मानवअधिकार मैत्री न्याय हुन्छ । नेपाल प्रहरी कुनै पनि कुरामा आग्रह र पूर्वाग्रह नभएर आफ्नो कतर्व्य पालनामा प्रतिबद्ध छ

यसअघि रवि लामिछानेले आफू प्रहरी हिरासतमै असुरक्षित भएको बताएका थिए । श्रीमती निकिता पौडेलको फेसबुक एकाउन्टमार्फत रविले यस्तो कुरा बताएका थिए । उनले प्रहरीले आफूलाई षड्‍यन्त्रपूर्व पाँच वर्ष नै राख्‍न खोजेको र आफू असुरक्षित भएकोले रिहाको माग गर्दै पाँच मिनेटमै घटनामा आफ्नो संलग्‍नता नभएको पुष्टि गर्ने दाबी गरेका थिए ।

माउन्टेल टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा नाम जोडिएपछि साउन ३० गते न्युज २४ का पत्रकारद्वय रवि लामिछाने र युवराज कँडेल र एक युवती अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरुलाई दुई पटक गरेर १० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
बारखरीबाट साभार


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।