हेटौँडा,६ भदौ ।
भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा हाल हिरासतमा रहेका रवि लामिछाने लाई हिरासत मुक्त गरेर पनि अनुसन्धान गर्न सकिने धारण ब्यक्त गरेकि छिन् ।
लामिछानेलाई भेटन जिल्ला प्रहरी कार्यलय पुगेपछि प्रतिक्रिया दिँदै उनले यदि प्रमाण कम भेटिएको भए उनलाई हिरासत मुक्त गरेर पनि अनुसन्धन गर्न सकिने धारण ब्यक्त गरिन् ।

वास्तविक कुरा के हो ? त्यो पत्ता लगाउन लामिछ्नेलाई हिरासतमा राख्नु अनि म्याद थापिरहनु न्याय नभएको बताउदै लामिछ्ने भाग्ने मानिस नभएको र लामिछाने दोषी देखिने पप्रमाण नभेटेपछि हिरासत मुक्त गरेर पनि अनुसन्धान गर्न सकिने उपमेयर ठकुरीको भनाइ छ ।

एउटा पत्रकारले आत्महत्या गर्नु अर्को पत्रकार प्रकरणमा पर्नु यो यसै कारण चितवनमा घटनाहरु घट्ने सम्भावना रहेको बताउदै वास्तविक छानबिन गुनु पर्ने कुरामा जोड दिदै न्याय समितिमा भएको र उपमेयर अनि मानवताको नाताले हिरासतमा लामिछ्नेलाई भेट भएको एक युटुव च्यानलनलाई उनले बताएकि छिन् ।
हेरौ भिडियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।