भदौ ६ – नेकपाका अध्यक्ष पुष्पकमल दाहालले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन संक्ने संभावना रहेको बताउनुभएको छ ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले सत्तामा जानु अघि जनतासंग गरेको प्रतिवद्धता र आफ्नै योगदानलाई भुल्दै गएमा प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औल्याउनुभएको हो । अध्यक्ष दाहालले कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचार भिन्न हुँदै जाने स्थिति देखा परेमा सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै त्यस तर्फ गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन र सिद्धान्तको कार्यशैली विर्सन नहुने बताउनुभयो । अध्यक्ष दाहालले दुई पार्टी मिलेर बनेको ठुलो पार्टी भित्र पछिल्लो समय अनुसासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै असन्तुष्ठी जनाउनुभयो ।

उहाँले विगतमा जनताका समस्या बोध गर्ने , अनुसासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिष्टहरु अहिले अनुशासनहिन बन्दै कर्तव्यबोधबाट पन्छिने प्रवृति बढेको टिप्पणी गर्नुभयो ।

अध्यक्ष दाहालले वर्तमान राज्यसत्ता प्राप्तीका लागि विगतमा योगदानको अवमुल्यन गर्ने काम नेतृत्वबाट हुन नहुने तर्फ सधै सचेत र सजग हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।