हेटौँडा,५ भदौ । नेपाली सस्कृती र चाडपर्वको बारेमा विद्यार्थीहरुलाई जानकारी दिने उदेश्यले हेटौँडा वडा नंबर १० मा रहेको तुलसी मेहर मेमेरियल आवासीय माविले आज राधाकृष्ण तस्बिर झल्कने प्रतियोगिताको आयोजना गरेको छ ।

श्रीकृष्ण जन्माष्ठमीको अघिल्लो दिन आज विद्यालय परिषरमा प्रतियोगिताको आयोजना भएको हो । प्रतियोगितामा कक्षा १ देखि १० सम्मा १६० भन्दा धेरै विद्यार्थीहरुको सहभागिता रहेको थियो । राधा कृष्णको भेषभुषा सहित आएका विद्यार्थीहरु प्रतियोगितामा भाग लिएका थिए । उनीहरुलाई क्याम्पस सञ्चालक हेमन्त ढुंगेल, ह्याग्रिव आचार्य तथा शिक्षक विधान आचार्यलेको टोलीले छनौट गरि पुरस्कार दिएको हो ।

प्रतियोगितामा कृष्ण तर्फ यु केजिका रशिल अधिकारी प्रथम, यु केजिकै सास्वत अधिकारी द्वितिय तथा विप्रेश श्रेष्ठ तृतिय भएका थिए । राधा तर्फ नावमी गुरुङ प्रथम, रिया श्रेष्ठ दोश्रो तथा सस्कृति ढुंगेल तेश्रो भएका थिए । प्रतियोगितामा प्रथम, दोश्रो तथा तश्रो हुनेलाई क्रमश ३ हजार, २ हजार तथा १ हजार नगद दिईएको विद्यालयका प्रधानाध्यापक रघुनाथ खरालले बताए । मकवानपुरको एकमात्र सस्कृति शिक्षा अध्यापन हुने नीजि विद्यालयको रुपमा रहेको तुलसी मेहरले विभिन्न चाडपर्वलाई विद्यालयमा भब्य ढंगबाट मनाउँदै आएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।