४ भदौ,पत्रकार पुडासैनीको आत्महत्या नभई हत्या हो कि भन्ने शंका भइरहेका बेला पोस्टमार्टम रिपोर्ट आत्महत्या नै गरेको ठहरसहित आएको छ। आजको नयाँ पत्रिकामा खबर छ ।

पत्रकार पुडासैनीको पोस्टमार्टम रिपोर्टमा झुन्डिएर आत्महत्या गरेको उल्लेख छ।

पोस्टमार्टम रिपोर्टसँगै मृत्युअघि रेकर्ड गरिएको भिडियो फरेन्सिक ल्याब परीक्षणबाट शालिकरामकै आवाज भएको पुष्टि भएको छ।

प्राप्त प्रमाणलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अध्ययन अनुसन्धान गरिरहेको छ। पुडासैनीकी श्रीमतीले भदौ १ गते आइतबार प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएकी छन्।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।