भदौ ४- पत्रकार किशोर श्रेष्ठ र चितवन प्रहरी प्रमुख दानबहादुर मल्लविरुद्ध जाहेरी दिन लागेको बताएलगत्तै टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पत्रकार श्रेष्ठले प्रश्नैप्रश्न तेर्स्याएका छन् ।

टेलिभिजन पत्रकार रबि लामिछानेलाई फसाइएको भन्दै उनकी श्रीमति निकिता पौडेलले प्रहरीसमक्ष जाहेरी दिन लागेको स्टाटस लेखेकी थिइन् ।

निकिताले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिन लागेको बताएपछि पत्रकार किशोर श्रेष्ठले उनलाई सामाजिक सञ्जाल फेसबुकबाटै जवाफ फर्काएका हुन् ।

यस्तो छ पत्रकार श्रेष्ठको जवाफ

मैले एक हप्ताअघि नै भनेको र लेखेको छु “शालिकराम प्रकरणको भिडियो उहाँकै परिवारबाट पाएर निस्पक्ष र शीघ्र अनुसन्धानको निम्ति त्यसमा आधारित हुँदै हामीले समाचार प्रकाशनरप्रशासन गरेका हौं !”

हिजो अधिवक्ता सुनिल पोख्रेल आफैले चितवनमा पत्रकारहरुका सामु ९हामीले शुरुदेखि जे भन्दै आएका थियौं० त्यही भन्नुभएको छ,अर्थात् भिडियोका दुई अलग अलग क्लिप्स छन् । एउटा ८ मिनेट २८ सेकेन्डको र अर्को ४ मिनेट ५८ सेकेण्डको !

आज यसैमा फण्डा मच्चाउँदै केहीले हाम्राविरुध्द साइबर क्राइमको केस दर्ता गराउन खोजेको सुनियो । पत्रकारले तथ्यमा टेकी लेखेका समाचारउपर मुद्दा दर्ता हुन्छ भने अब यति कुरा सोध्नैपर्ने भयो( म यिनका विरुध्द केस दर्ता गर्न पुलिसमा जाँदैछु भनी फेसबुकमा पहिले नै स्ट्याटस लेखेर, दर्तै हुन नसकेको, हुन नपाएको केस दर्ता भैसकेको होहल्ला गराएर सामाजिक र सार्वजनिक रुपमा हाम्रो मानमर्दन गर्नेहरुबिरुद्ध अब के हुन्छ ?

आफूमाथिको आरोपलाई बिषयान्तर गर्नको निम्ति ती चेली अस्मिता कार्की “रुकु” को निजी सम्बाद आफ्नो च्यानलमार्फत छरपस्ट पार्नेहरुबिरुध्द के हुन्छ ?

हामीले परिवारबाट पाएको भिडियो भन्दाभन्दै  Conspiracy Theory  अन्तर्गत निशाना अन्ततिर सोझ्याउने र उल्टो अनेक लान्छना मृतक शालिकरामबिरुध्द लेख्दै हिंड्नेहरुबिरुध्द के हुन्छ ?

मेरो अमेरिकी पासपोर्ट खोसेर मलाई नेपाली नागरिकता लिन लगाउने ? पख् तेरो पनि पासपोर्ट खोसेर देखाइदिन्छु भन्दै बदलाको कार्यक्रम प्रशारण गर्नेहरुबिरुध्द के हुन्छ ?

१६ बर्षअगाडि सबैतिरबाट सफाइ पाएको आत्महत्याको केसलाई हत्या नै हो भन्दै आफ्नो च्यानलमार्फत फैसला सुनाउनेहरु बिरुध्द के हुन्छ ?

ॐ अस्पतालमा सिन्धुपाल्चोककी गरिब बिमारी रामप्यारी उपचारको गडबडीका कारण अकाल मृत्युको मुखमा पुगेको त्यति चर्चित प्रकरण ससुराली नाताको कारण गुपचुप गराउनेबिरुध्द के हुन्छ ?


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।