हेटौंडा ४, भदौ- मकवानपुरको पर्यटकीय स्थल चित्लाङमा पटकथा लेखन कार्यशाला सुरु भएको छ ।

पटकथा सिकाउन बलिउडका चर्चित फिल्म लेखक रोबिन भट्ट र हलिउडका स्क्रिप्ट राइटर जेफ मोनाहान चित्लाङ आइपुगेका छन् । चलचित्र विकास बोर्डको सहयोगमा नेपाल फिल्म एन्ड कल्चर एकेडेमीले आयोजना गरेको कार्यशालाको उद्घाटन प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले गरेका थिए ।

कार्यशालामा वरिष्ठ चलचित्रकर्मी निर शाह, चलचित्र लेखक शिवम् अधिकारी, पटकथाकार सामिप्यराज तिमल्सिना, कलाकार आयुष रिजाल, चलचित्र पत्रकारहरुको उपस्थिती रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।