काठमाडौं । काठमाडौं नयाँ बसपार्कस्थित एक होटलमा युवायुवती मृत भेटिएका छन् । होटल मोरङ पर्वत धौलागीरी गेष्ट हाउसको एक कोठामा उनीहरु मृत फेला परेको हुन् ।

मृतक चितवनका अन्दाजी ३७ वर्षका यमबहादुर मगर र मकवानपुरकी अन्दाजी ३० वर्षकी सविना बजगाई रहेको प्रहरीले जनाएको हो । प्रहरीका अनुसार घटनाबारे होटल संचालकसंग सोधपुछ भइरहेको छ ।

घटनाबारे थप प्रहरी अनुसन्धान भइरहेको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख सन्तोष कुमारदाहालले जानकारी दिनुभयो । मृतक महिलाको श्रीमान बैदेशिक रोजगारीमा रहेका छन भने पुरुष पनि विवाहित रहेको प्रहरीले जनाएको छ । उनीहरुको शव कट्टुमात्र लगाएको अवस्थामा फेला परेको तर त्यहा कुनै विषादी तथा औषधीहरु फेला नपरहेको प्रहरीले बताएको छ


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।