साउन ३०- श्रम विभागले २ हजार २०४ जना चिनियाँ कामदारलाई श्रमस्वीकृति दिएको छ।गत वर्ष ७७ महिलासहित १ हजार ३१७ जना चिनियाँ कामदारलाई स्वीकृति दिइएको थियो।

नेपालमा निर्माणाधिन हाइड्रो प्रोजेक्टमा चिनियाँ कामदार रहेका विभागको भनाइ छ।

गृहमन्त्रालयको कार्यसहमतिका आधारमा विदेशी कामदारलाई श्रमस्वीकृति दिने गरिएको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

श्रम ऐन २०७४ अनुसार नेपालमा दक्ष कामदार नभए मात्रै विदेशी कामदारलाई श्रमस्वीकृति दिइन्छ।

विदेशी कामदारको श्रम स्वीकृतिको लागि ६ महिनासम्म रोजगारदाताले १५ हजार र त्यसभन्दा बढीका लागि २० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ।

एकपटकमा एक वर्ष नबढ्ने गरी श्रमस्वीकृति दिने व्यवस्था छ। नेपालमा श्रमस्वीकृति पाउने कुल कामदारको संख्या ३२ सय ९८ छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।