साउन ३०- चोरी, डकैती र लुटपाटजन्य अपराधबाट सङ्कलित रकमले राजधानी काठमाडौँमा घरजग्गा खरिद तथा व्यापार व्यवसाय सञ्चालन गरेको पाइएको छ ।

प्रहरीका अनुसार सिक्री लुटपाटमा आरोपित ओखलढुङ्गा हर्कपुर गाउँपालिका घर भई हाल बूढानीलकण्ठ बस्दै आएका अभियुक्त ३९ वर्षीय टमबहादुर सुनुवारले टोखामा ‘तिर्थ–सपना’ नामको दुग्ध डेरी व्यवसाय गरेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार टमबहादुरले सडकमा सिक्री लगाएको एक्लोदोक्लो महिला देख्नेबित्तिकै मोटरसाइकल प्रयोग गरी लुट्ने कार्यलाई आयआर्जनको मुख्य पेसा बनाउँदै आएको प्रहरीको आरोप छ ।

प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार सुनुवारका सहयोगी रामेछाप मजुवा घर भई हाल भैँसेपाटी बस्दै आएका टलकबहादुर रायमाझीले घडेरी ९जग्गा० खरिद गरेका छन् ।

सिक्री लुटपाट मुद्दामा पक्राउ परी तीन÷तीन वर्ष जेल सजाय भुक्तान गरी छुटेका अभियुक्तद्वय टमबहादुर र टलकबहादुरले हालसम्म १५ जना महिलाको करिब २० तोला सिक्री लुटेको बयान प्रहरीलाई दिएका हुन् । गोरखापत्र दैनिकमा खबर छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।