file photo

साउन ३०- जनैपूर्णिमाको एक दिनअघि बुधबार पशुपतिनाथलाई डेढ सय मिटर लामो जनै फेराइएको छ । पशुपतिनाथका मूल पुजारी गणेश भट्टले विधानपूर्वक जनै फेराउनुभयो ।

पशुपतिनाथका विसेट अरुण श्रेष्ठले मन्दिरलाई डेढ सय मिटर लामो जनैले फन्फन्ती घेरा हालेर बाँध्नुभएको थियो । ज्योतिर्लिङ्गमा भने छुट्टै जनै लगाइएको थियो । पशुपतिनाथका मूल पुजारीले अमालकोट कचहरीतर्फका रकमी कर्मचारी र विसेट भण्डारीलाई पनि जनै लगाइदिनुभयो ।

पशुपतिनाथ जनै फेराएपछि गोसाइँकुण्ड स्नानका लागि प्रस्थान गर्नुहुन्छ भन्ने मान्यतामा विधिवत् जनै फेराइएको नाथका कोटवाल पूर्णनारायण जोशीले जानकारी दिनुभयो । नाथ रात्रि स्नानपछि बिहीबार बिहानै यहाँ आएपछि पुनः उहाँको नियमित पूजा प्रक्रिया हुन्छ । बिहीबार पाटन कुम्भेश्वरमा भव्य मेला पनि परेको छ । गोरखापत्र दैनिकमा सरोज आचार्यले खबर लेखेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।