file photo

साउन ३०- जापानले पाँच वर्षको अवधिमा विभिन्न १४ क्षेत्रमा ३ लाख ४० हजार बढी विदेशी कामदार लैजाने नीति अघि सारेको छ । सोही नीतिअनुसार नर्सिङ क्षेत्रमा ६० हजारभन्दा बढी विदेशी कामदार लैजाने उल्लेख गरेको छ । नेपालबाट मात्रै नर्सिङ क्षेत्रमा कति कामदार लैजाने भन्नेबारे अझै यकिन भइसकेको छैन ।

पहिलो चरणमा नर्सिङ केयरमा मात्रै कामदार लैजाने भए पनि त्यसपछि कृषि, उद्योग, पर्यटन, होटल, रेस्टुरेन्टलगायत १४ क्षेत्रमा नेपाली कामदार लैजाने बताइएको छ ।

जापानले विशिष्ट दक्ष कामदारमध्येबाट पहिलोमा सम्बन्धित काममा दक्षता भएका र उच्च तहको सीप भएका कामदार छनोट गर्ने दुई मुलुकबीच भएको समझदारीमा उल्लेख छ । यसअघि नेपाली कामदार विभिन्न मेनपावर तथा कन्सल्टेन्सीमार्फत रोजगारीका लागि जापान पुग्ने गरेका थिए ।

जापानमा हाल नेपालीले मासिक न्यूनतम ३ देखि ४ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । पछिल्लो समय खाडी राष्ट्रहरूमा देखिएको आर्थिक मन्दीका कारण त्यहाँको रोजगार कटौती हुँदै जान थालेपछि सरकारले खाडी मुलुकको विकल्पमा नयाँ रोजगारीको गन्तव्य खोज्ने क्रममा जापानसँग दुईपक्षीय श्रम समझदारीमा हस्ताक्षर गरेको हो । राजधानी दैनिकमा खबर छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।