हेटौँडा,२९, साउन ,
मकवानपुरको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पतालको चरम लापरबाही सार्वजनिक भएको छ । भीमफेदीकी स्थानीय सोनिका दाहाल सुत्केरी हुनको लागि साउन २६ गते हेटौँडा अस्पताल पुगिन् ।

अस्पतालमा नर्मल “डेलिभरी”भएको उनको सोहि दिनबाट पिसाव बन्द हुने समस्या भयो । अस्पतालको डाक्टरहरुसँग सल्लाह गर्दा सामान्य रहेको भन्ने कुरा पछि उनी भोलीपल्टबाट थप समस्या भएपछि उनले पुन डाक्टरहरुले केहि नभएको भन्दै पिसाव खुल्ने औषधी र पाईप प्रयोग गरि पिसाव निकालियो ।

डाक्टरहरुसँग पटक–पटक पिसाव नखुलेको भन्दै आफुले भन्दा समेत डाक्टरहरुले आफुलाई उल्टै चर्को भाषामा गाली गर्ने शैलिबाट कुरा गरेको दाहालले बताईन् । अस्पतालमा रहेकी सोनिकाकी आमा गोपी दाहालले डाक्टरहरुले अभद्र ब्यवहार गरेको बताईन् ।
२६ गते सुत्केरी भएकी उनी आज अर्थात २९ गते एक्कासी पिसाव गर्न खोज्दा प्याड झरेपछि दाहालका आफन्तहरु आश्चार्यमा परे । त्यसपछि उनीहरुले पिसाव नखुल्नुको रहस्प फेला पारे ।
प्याडनै भित्र राखेर सिलाएपछि समस्या भएको थाहा पाएपछि आफुहरुले डाक्टरलाई भन्दा डाक्टहरुले आफुहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको उनकी आमा दाहालले बताईन् ।

डाक्टरहरुले चरम लापरबाही गरेर सुत्केरी विरामीलाई अनेक औषधी प्रयोग गर्न दिएको भन्दै सुत्केरीको आफन्तले अस्पताल प्रशासनको चर्को विरोध गरेका छन् । सुत्केरीका ठुलो बुबा कृष्णप्रसाद चौँलागाईले अस्पताल प्रशासनले आफुहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको बताए । अस्पतालमा रहेको डाक्टरहरुको अनुशासन ठिक नभएको भन्दै उनले यस्तो क्रियाकलापले अस्पतालको कहिले पनि सुधार नहुने बताए ।
उता हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपरिडेन्डन राजु सेडाईले आफुलाई घटनाको बारेमा जानकारी आएको भन्दै दोषिलाई कारबाहीको दायरामा ल्याउने बताए । उनले अस्पतालको गल्तिलाई आफुहरुले पुन हुन नदिने प्रक्रियामा लाने बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।