हेटौंडा २९ साउन,पत्रकार शालिकराम पुडासैनीको आत्महत्या अगाडिको सनसनीपूर्ण भिडियो सार्वजनिक भएको छ । भिडियोमा पत्रकार शालिकराम पुडासैनी आत्महत्या गर्नुको कारण खुलाएका छन् ।

भिडियोमा पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुको कारण पत्रकार रवि लामिछाने र युवराज कँडेलको पछिल्लो पटक धेरै टर्चर गरेको आरोप छ ।

यता भिडियो सार्वजनिक भएपछि पत्रकार रवि लामिछाने भने शालिकराम लाई ठुलो भ्रम परेको रहेछ । उनले केहि समय अघि सामाजिक सञ्जाल मार्फत भनेका छन्,आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउदै छु।मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस्। थप जानकारी केही समयमा गराउने छु। सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।