साउन २९- विश्वकै सबैभन्दा ठूलो भ्यागुताका बारेमा नयाँ रिसर्च बाहिर आएको छ । रिसर्चका अनुसार यसले आफ्नो वासस्थान आफै बनाउँछ ।जर्नल अफ नेचुरल हिस्ट्रीका अनुसार गोलियथ नामक अफ्रिकन प्रजातिको भ्यागुताले बस्ने आफ्नो कुवा आफै बनाउने गर्छ ।

बर्लिनका शोधकर्ता मार्विन शेफरले जंगलमा टाइमप्लेस क्यामराको मद्धतबाट उक्त जानकारी लिएका हुन् ।

३।३ किलोग्रामको यस भ्यागुताले दुई किलो गह्रौं ढुङ्गालाई पनि तलाउबाट हटाएको देखिएको छ ।

यसको लम्बाई ३४ सेन्टिमिटर रहेको छ । यसको सबैभन्दा राम्रो पक्ष भनेको आफ्ना बच्चाको राम्रो हेरचाह गर्नु हो ।

यसले चट्टानको बीचमा खाल्डो बनाएर आफ्नो वासस्थान बनाउने गर्दछ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।