हेटौँडा,२९ साउन ।
भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १३ मा प्रदेश सरकारको अनुदानमा सञ्चालनमा रहेका दुई वटा फर्महरुको अवलोकन गरेका छन् ।


सरकारले अनुदान दिएको योजना उदेश्य अनुसार सञ्चालन भए नभएको बारे जानकारीको लागि मन्त्री लामाले अनुगमन गरेको मन्त्री लामाका स्वविय सचिव सुरज थपलियाले बताए ।

मन्त्री लामाले हेटौँडा १३ मा रहेको सुन्दर वहुउदेश्य सहकारी सस्थाले सञ्चालन गरेको वाख्रा प्रर्वद्धन कार्यक्रम तथा हेटौँडाका वडा अध्यक्ष ललित घलानले ब्यवसायीक रुपमा गरेको फूल खेतीको अबलोकन गरेका हुन् ।

प्रदेश नंबर ३ सरकारले कृषिमा जोड दिएको भन्दै अवलोकनको क्रममा मन्त्री लामाले अफुहरुले चालु आर्थिक वर्षमा किसानलाई सहयोग हुने यस्ताखाले प्रर्वद्धनको कार्यक्रम थप गर्ने समेत बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।